पर्यटन समाचार स्थानीय हेडलाईन न्युज

जलमग्न माधवनारायण विहार संरक्षणको दायित्व कसको ?

सुनकोसी न्युज
काठमाडौं । काठमाडौं महानगरपालिका  वडा नं १ नक्सालमा रहेको शंकर कृति महाविहार  वर्षाको पानीका कारण जलमग्न हुने  र बाहिरबाट आएको ढलको पानीले समेत सो महाविहारमा आएर जम्मा हुने समस्या रहेको छ । जसका कारण हजारौंको आस्थाको केन्द्र रहेको यश विहारमा भक्तजनलाई दर्शन गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

उक्त विहारमा बाहिरका मात्रै नभएर स्थानीय टोलवासी,  वृद्धवृद्धा , बच्चालगायत  सो स्थानमा पूजा गर्न र ढोग्न जाने गरेका छन् । वर्षातकाे समयसँगै विहारमा पानी भरिन थाल्ने तर पानीको निकास नभएको कारण भक्तजनलाई समस्या परेको स्थानीय युवा साैरभ दवाडीले आक्राेश व्यक्त गरे।

लामो समयदेखि हराएको माधवनारायणकाे मुर्ति भेटिएपछि केही समयपहिला मात्रै पुनःस्थापना गरिएको थियो । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व रहेको यश परिसर र यहाँका मन्दिर संरक्षणमा तीनवटै तहका सरकारले  काम गर्नुपर्नेछ । यसको पहल वडा अध्यक्ष र लाेकप्रिय मेयर बालेन्द्र साहले गर्नुपर्ने दवाडीले जाेड दिएका छन् ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २१, २०७९

 

 

ताजा अपडेट