बागमती समाचार स्थानीय

नेकपा एमालेबाट उपाध्यक्ष पदको टिकट पाएका राजु बरालको उक्त पदको लागि उमेद्धवार नबन्ने घोषणा

सुनकोशी न्युज,

सिन्धुली— सिन्धुली जिल्ला फिक्कल गाउँपालिका कोलागि नेकपा एमालेबाट उपाध्यक्ष पदको टिकट पाएका राजु बरालले आफु उक्त पदको लागि उमेद्धवार नबन्ने घोषणा गरेकाछन् ।
आज फेसबुक वाल मार्फत आफ्नो धारणा सर्वजनिक गर्दै उनले लेखेका छन् “ मेरो क्षमताको उच्च मुल्यांकन गर्दै मैले आकांक्षानै नराखेको नेकपा एमाले फिक्कल गउँपालिकाको उपाध्यक्ष पदको उमेद्धारी बनाउने निर्णय भएको खबर सामाजिक सञ्जालमार्फत थाहापाए । यहि सञ्जाल मार्फतनै उपाध्यक्ष पदको उमेद्धार नबने धारण सार्बजनिक गर्दछु ।”
गाउँपलिकाको अध्यक्ष पदका आकांक्षी रहेका बराल गएको निर्वाचनमा सोही गाउँपालिको वडा नं ५ बाट अध्यक्ष पदमा बजय भएका थिए र उनी कार्यकतामाझ लोकप्रिय मानिन्थे ।
टिकटकालागि राजु बराल र नेकपा एमाले फिक्कलका अध्यक्ष रामप्रसाद भण्डारी कोनाम चर्चामा रहेपनि गाउँपालिकाको बर्तमान उपाध्यक्ष पार्बती सुनुवाले बाजिमार्नसफ भएकी छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ११, २०७९