समाचार स्थानीय हेडलाईन न्युज

ग्रामथानकाे अध्यक्षमा माओवादी विजयी, गुम्याे कांग्रेसको विरासत

सुनकोसी न्युज
मंसिर १७ गते साेमबार, २०८१
माेरङ। मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसको विरासत माओवादीले खाेसेकाे छ। पालिका अध्यक्ष पदको लागि भएको उपचुनावमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्।

उपनिर्वाचनमा उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

यहाँ कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मतमात्रै ल्याए। नेकपा (एमाले) का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए।

२०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो।

प्रकाशित मिति: सोमवार, मंसिर १७, २०८१