सुनकोशी न्यूज
मंसिर ४ गते, शुक्रबार
काठमाडौं । आज नेपालले भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स क्रिकेट प्रतियोगिता कतारमा जारी छ ।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल भारत ‘ए’लाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छ।
नेपालले प्रतियोगिताका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कुशल भुर्तेल, ललित राजवंशी, पवन सर्राफ, सन्दीप जोरा र देव खनाललगायत खेलाडी छन्। चोटका कारण सोमपाल कामी बाहिरिएपछि उनको स्थानमा प्रतिश जिसीलाई टोलीमा समावेश गरिएको छ।
५० ओभरको यस प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’मा भारत ‘ए’, पाकिस्तान शाहिन्स र यूएईसँगै छ। समूह ‘ए’मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।
प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, प्रतिश जिसी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान, देव खनाल र मयन यादव।

















Add Comment