समाचार • हेडलाईन न्युज

सुन–चाँदी दुवै सस्तिए, सुनको मूल्य एकैदिन १२ हजारभन्दा बढी घट्यो

सुनकोशी न्यूज
मंसिर ४ गते, शुक्रबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको थियो। गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा शुक्रबार थप ठूलो गिरावट आएको हो।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३ हजार ११० रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २२५ रुपैयाँको गिरावट हो।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८३

 

 

ताजा अपडेट