समाचार • हेडलाईन न्युज

भोटेकोशी बाढी प्रभावितका लागि सरकारी कोषमा १८ अर्ब ४७ करोड जम्मा

सुनकोशी न्यूज
मंसिर २ गते, बुधबार

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी रहँदा सरकारी राहत कोषमा १८ अर्ब ४७ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा उक्त रकम मौज्दात रहेको छ । कोषका नौ वाणिज्य बैंकका खातामा १३ अर्ब ७३ करोड ६ लाख रुपैयाँभन्दा बढी र दुई बैंकका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८३

 

 

ताजा अपडेट