सुनकोशी न्यूज
मंसिर २ गते, बुधबार
काठमाडौं । दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै केहीबेरमा आदेश आउने भएको छ ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट गत १८ कात्तिकमा हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो भने सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफूलाई अन्यायपूर्ण ढंगले जिम्मेवारीबाट हटाइएको दाबीसहित कार्की सर्वोच्च अदालत पुगेका थिए । तिहार र छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजको मिति तोकेको थियो ।
अब सर्वोच्च अदालतबाट आउने आदेशले कार्कीको रिटमाथिको आगामी कानुनी प्रक्रिया तय गर्नेछ ।















Add Comment