मुख्य समाचार समाचार हेडलाईन न्युज

नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न, अर्को बैठक चैत्र २२ गते आइतबार

सुनकोसी न्यूज

चैत्र १८ गते बिहिबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक बसेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चैत १९ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुका साथै मन्त्रिपरिषद् गठनबारे जानकारी गराउनुभयो। अधिवेशनको सुरुवाती दिनमा विभिन्न दलका सांसदहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको थियो।

दल अनुसार प्रतिनिधिसभा सदस्य संख्या:

  • राष्ट्रिय स्वतन्त्र पार्टी – १८२
  • नेपाली कांग्रेस – ३८
  • नेकपा एमाले – २५
  • नेपाल कम्युनिष्ट पार्टी – १७
  • श्रम संस्कृति पार्टी – ७
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ५
  • स्वतन्त्र – १

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा यी दलहरूको उपस्थिति रहेको छ।

बैठक सम्पन्न गर्दै ज्येष्ठ सदस्य केसीले अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी दिनुभयो।

प्रकाशित मिति: बिहिबार, चैत्र १९, २०८२

 

 

ताजा अपडेट