समाचार हेडलाईन न्युज

नेपालमा थप २२५३ जनामा कोरोना : १५९९ जना काठमाडौं उपत्यकामा मात्र

सुनकोशी न्युज
२०७७ असोज १८ गते आइतबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार २ सय ५३ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार दिएको छ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको मन्त्रालयले जनाएको छ।

जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै  कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

प्रकाशित मिति: आइतवार, अशोज १८, २०७७