सुनकोसी न्युज
मंसिर १७ गते साेमबार, २०८१
जाजरकोट । जाजरकोटमा नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।
आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादी केन्द्रले उक्त विजय हासिल गरेको हाे। २०७९ मा माओवादीको सहयोगमा कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर यसपटक भने माओवादी आफैले जितेको छ ।
निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।
यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।
Add Comment