समाचार हेडलाईन न्युज

किरातीको माओवादी केन्द्र र सन्ध्याको एमाले अब के हुन्छ ?

सुनकोशी न्युज
२०७७ फाल्गुण २४ गते सोमबार
काठमाडौं । सवोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई खारेज मात्र गरेन, एमाले र माओवादी केन्द्रलाई पुरानै पार्टीको हैसियत समेत प्रदान गरेको विवादास्पद फैसला गरेको छ । जब कि यी दुबै पार्टीको केन्द्रीय समितिको बैठकको सर्वसम्मत निर्णयले मौजुदा पार्टी बिगठन गरेर पार्टी एकीकरण गरी नयाँ पार्टी निर्माण गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलको नाममा पहिल्यै दर्ता रहेकाले नेपाल कम्युनिष्ट पार्टीले कोष्ठभित्र (नेकपा) थपेर दर्ता गरेको थियो । एमाले र माओवादी एकीकृत भएको केही समयपछि ती नामका नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् र तिनले कानुनी मान्यता पनि पाएका छन् । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले दर्ता छ भने र गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता रहेको छ । यी दुबैलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

अहिले आएर सर्वोच्च अदालतले केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले र प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रलाई ब्यूँझाइदिएको छ । सम्भवतः प्रचण्ड र ओलीले नेतृत्व गरेको नेकपा निर्वाचन आयोगमा दर्ता गर्दा उनीहरुको पूर्वदल खारेज गरिएको छ । त्यसै कारण सन्ध्या र गोपालको नाममा ती नयाँ पार्टीको रुपमा दर्ता भए । तर अब अदालतको निर्णय अनुसार प्रचण्ड र ओलीले आफ्नो पूर्व पार्टी फिर्ता पाउने हो भने गोपाल किराती र सन्ध्या तिवारीलाई निर्वाचन आयोगले के जवाफ दिन्छ ?

निर्वाचन आयोगको यो कार्य बिरुद्ध उनीहरु अदालत गएभने अदालतले के फैसला दिन्छ ? उदाउदो सूर्य चिन्ह राखेर सन्ध्याले दर्ता गरेको एमाले पार्टीको अस्तित्व संकटमा परेको छ । त्यसैगरी हसिया हथौडा चुनाव चिन्ह राखेर माओवादी केन्द्र दर्ता गरेका किरातीको पार्टी पनि असीतत्व सश्ंकटमा परेको छ ।

यसरी निर्वाचन आयोगले बेलामा होस नपु¥याउदा र अदालतले रिटमा माग गरिएकोभन्दा बढी क्षेत्राधिकार नाघेर फैसला गरेका कारण संवैधानिक र राजनीतिक संकट समाधान हुनुको सट्टा एकपछि अर्को बढिरहेको छ ।

प्रधानमन्त्री ओलीको बितण्डावादी सोच र शैलीका कारण दुईतिहाई मत प्राप्त पार्टीको अस्तित्व त संकटमा प¥यो नै, मुलुकको भविष्य समेत अन्धकारमय हुने पूर्वाभाष भएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २४, २०७७