समाचार

के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई ‘प्रबल जनसेवा श्री’ सम्मान

काठमाडौं – के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवा श्री’ मान पदवीबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री’ मान पदवीबाट विभूषित गरिने घोषणा गरिएको हो ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिन लागेको हो ।

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७६